neapl investment mega bank aadharbhumi aadharbhumi

काठमाडौं उपत्यकामा थपिए ६४५ संक्रमित

Sep 25th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ९ असोज

काठमाडौंमा थप ६४५ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ६४५ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ५०३,ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ७५५ सङ्क्रमित थपिएका थिए।

नेपालमा शुक्रबार थप १३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ७० हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा १४५५ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ५१ हजार ८६६ पुगेको छ ।
हालसम्म ९ लाख ६८ हजार १८५ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi