neapl investment mega bank aadharbhumi aadharbhumi

हायस गाडी दुर्घटना हुँदा १७ जना घाइते

Sep 24th, 2020

काभ्रे, ८ असोज

धुलिखेल नगरपालिका-९ विपी राजमार्गस्थित पानी ट्याङ्कीमा बा.४ ख ५८७० नम्बरको हायस गाडी बिहीबार बिहान सडकबाट करिब ८० फिट तल खसेर दुर्घटना हुँदा चालक सहित १७ जना घाइते भएका छन् ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट काभ्रेभञ्याङबाट खटिएको प्रहरीले घाइतेहरुलाई धुलिखेल अस्पताल पठाएको छ । घाइतेमध्ये १ जना गम्भीर, ८ जना मध्यम र ८ जनाको अवस्था सामान्य रहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi