neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • धारिलो हतियार प्रहार गरी तीन जनालाई घाइते बनाएको अभियोगमा पक्राउ

धारिलो हतियार प्रहार गरी तीन जनालाई घाइते बनाएको अभियोगमा पक्राउ

Sep 24th, 2020

ताप्लेजुङ, ८ असोज

धारिलो हतियार प्रहार गरी ३ जनालाई घाइते बनाएको अभियोगमा सिरिजंघा गाउँपालिका-८ तारतुम बस्ने २२ वर्षीय लाक्पा भोटेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ छिरिङडाँडास्थित आफ्न्तको घरमा बेलुकाको खाना खाई बसेकोमा भोटेले धारिलो हतियार बाम्फोकले प्रहार गर्दा सोही ठाउँ बस्ने ६० वर्षीया लाक्पा फुटि भोटे, उनकै छोरा ३६ वर्षीय पासाङ भोटे र १८ वर्षीय पासाङ छिरिङ घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तेल्लोक र प्रहरी चौकी याम्फुदिनबाट खटिएको प्रहरीले लाक्पालाई हतियार सहित पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी याम्फुदिन पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi