काठमाडौ, असोज ८
उपप्रधान तथा रक्षामन्त्री एवं कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सिसिएमसी) को निर्देशक समितिको संयोजक ईश्वर पोखरेलले कोरोना भाईरस (कोभिड १९) महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि स्थापना गरिएको कोभिड क्राईसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) छाउनीमा भ्रमण गरी हालसम्म भए गरेका काम कारवाहीहरुको वारेमा बिस्तृत जानकारी लिएकाछन ।
उक्त अवसरमा सिसिमएमसीका तर्फबाट कोभिड १९ सम्बन्धी परिस्थिति बिश्लेषण तथा रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा सिसिएमसीबाट भईरहेका विविध गतिविधिबारे बिस्तृत प्रस्तुतीकरण र विभिन्न पेशा तथा व्यवसायका प्रतिनिधिहरुसंग छलफल भएको थियो । कार्यक्रममा रक्षामन्त्रीले पोखरेलले कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्न निर्देशन दिएकाछन ।
सो अवसरमा गृहमन्त्री राम बहादुर थापा (बादल), परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराई समेतको उपस्थिति रहेको थियो ।