neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सक्रिय बन्दै अख्तियार, सम्पत्ति विवरण नबुझाउने १९ हजार कर्मचारीलाई कारवाही गर्ने

सक्रिय बन्दै अख्तियार, सम्पत्ति विवरण नबुझाउने १९ हजार कर्मचारीलाई कारवाही गर्ने

Sep 24th, 2020

आधारभूमि संवाददाता

काठमाडौं ,८असोज

सम्पत्ति विवरण नबुझाएका १९ हजार ६ सय ३१ जना सार्वजनिक पद धारण गरेका व्यक्ति र कर्मचारी कारबाहीमा पर्ने भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १७ हजार बढी व्यक्तिलाई कारबाही गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको अख्तियारको बैठकले सम्पत्ति विवरण नबुझाउने निजामती कर्मचारी, नेपाल प्रहरीतर्फ शिक्षक लगाएतका कर्मचारीलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ कको उपदफा ९२० बमोजिम सो निर्णय गरेको प्रवक्ता तारानाथ अधिकारीले वतााएका छन् ।

कारबाहीमा पर्नेमा कारवाहीमा पर्नेमा संघीय तहका निजामती कर्मचारीतर्फ २ हजार ५०४, नेपाल प्रहरीतर्फ १११, शिक्षकतर्फ ७ हजार ६१३, अन्य पदाधिकारी कर्मचारीहरू १ हजार ४३२, प्रदेश तहका ५५४ र स्थानीय तहका ४ हजार ५३४ जना रहेको अख्तियारले जनाएको छ ।

ऐन अनुसार सार्वजनिक पदधारण गरेको व्यक्तिले त्यस्तो पदधारण गरेको मितिले साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण पेश गर्नु पर्ने हुन्छ ।

साथै बैठकले सतर्कता केन्द्रको अनुगमन प्रतिवेदनमा उल्लेखित विदेशमा रहेका भनी लेखी आएका नेपाली सेनाका ४६० जनाको हकमा भने नियमानुसारको अवधिभित्र सम्पत्ति विवरण भर्ने र भराउने व्यवस्थाका लागि सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरेको जनाइएको छ ।

अख्तियारले यसअघि नै सम्पत्ति विवरण नबुझाउनेको जानकारी सम्बन्धित मन्त्रालय, सचिवालय, आयोग र केन्द्रीय निकायमा पठाइसकेको छ ।

अख्तियारका अनुसार प्रदेश तहमा काम गर्ने ५५४ जनालाई पनि कारबाही गर्न सम्बन्धित प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाइएको । त्यस्तै स्थानीय तहका ४५ सय ३४ जनाले पनि सम्पत्ति विवरण नबुझाएकाले कारबाही गर्ने अख्तितयारले निर्णय गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi