neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बिहीबार काठमाडौं उपत्यकामा ७५५ संक्रमित थपिए

बिहीबार काठमाडौं उपत्यकामा ७५५ संक्रमित थपिए

Sep 24th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ८ असोज

काठमाडौंमा थप ७५५ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ७५५ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ६०९,ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि बुधवार उपत्यकामा ६३७ सङ्क्रमित थपिएका थिए।

नेपालमा बिहीबार थप १४९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ६९ हजार ३०१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५७ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ५० हजार ४११ पुगेको छ । हालसम्म ९ लाख ५५ हजार ९२३ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi