काठमाडौं, असोज ८
नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाईनान्सलाई एक्वायर अर्थात प्राप्ती गर्ने भएको छ । उक्त प्रकृयाको लागि बैकले असोज १८ गते बिशेष साधारण सभा बोलाएको छ । उक्त दिन सिटी एक्सप्रेस फाईनान्सले पनि नेपाल इन्भेष्टमेन्टसंग प्राप्तीमा जानको लागि बिशेष साधारण सभा बोलाएको छ ।
उक्त सभामार्फत फाईनान्सले प्राप्तीको लागि सिटीको एक सय कित्ता सेयर बराबर नेपाल इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर हुुने गरे स्वा्प रेसियो कायम गर्ने तयारी गरेको छ ।