neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पहिरोमा पुरिएर स्कार्पियो चालकको मृत्यु

पहिरोमा पुरिएर स्कार्पियो चालकको मृत्यु

Sep 23rd, 2020

मकवानपुर, असोज ७

ईन्द्रसरोबार गाउँपालिका २ स्थित सडकमा अविरल वर्षाको कारण पहिरो जाँदा बा.१७ च ४८७४ नम्बरको स्कार्पियो पुरिँदा स्कार्पियो चालक बारा प्रसौनी गाउँपालिका ४ बस्ने ४० वर्षीय युनिस आलमको बुधबार बिहान मृत्यु भएको छ ।

हेटौंडा भिमफेदी कुलेखानी काठमाडौं सडकको देउराली भन्ने स्थानमा पहिरो जाँदा बाटो अबरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले पहिरोमा पुरिएको उक्त स्कार्पीयो निकाले क्रममा उनको शव फेला पारेको हो । साथै बा. ९७ प ४८५१ नम्बरको मोटरसाइकल समेत पहिरोमा पुरिँदा घाइते भएका मोटरसाइकलमा सवार काठमाडौं मन्डिकाटार बस्ने ४७ वर्षीय राज आचार्य र ५३ वर्षीय संजिप अधिकारीलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्दार गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi