neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • विकास निर्माणमा निरन्तर लागेको सूर्यविनायक नगरपालिकाको दावी, स्थानीय भन्छन्, निर्माणका काममा अनियमितता भयो

विकास निर्माणमा निरन्तर लागेको सूर्यविनायक नगरपालिकाको दावी, स्थानीय भन्छन्, निर्माणका काममा अनियमितता भयो

Sep 23rd, 2020

आधारभूमि संवाददाता

काठमाडौं ,असोज ७

सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा तय गरिएका योजना अघि बढाउन टेण्डर प्रकृया पूरा गरी भदौदेखि कार्यान्वयन थालेकोे जनाएको छ ।

नगरपालिकाले १० वटै वडामा १ करोड ३० लाखका ठूला योजना र १० लाखका साना योजना सञ्चालनमा ल्याएको नगरपालिकाका प्रवत्ता उपेन्द्रराज केशीले वताए । यता नगरबासीले भने नगरपालिकाले विकास निर्माणमा ध्यान नदिएको, बाटो निर्माणका क्रममा अनियमितता गरेको र समयमा काम सम्पन्न नगरेको वताउँदै आएका छन् ।

नगरपालिकाका स्थानीयले २ नं वडामा बाटो निर्माण क्रमा लापरवाही गरेको, स्रोतको दूरुपयोग गरेको तथा बजेट कार्यान्वयन मनपरी तवरले गरेको वताएका छन् । सो वडामा सडक निर्माणको काम विचमै अलपत्र छोडेको त्याहँका एक स्थानीयले वताए ।

यता प्रवक्ता केशीका अनुसार नगरपालिकाले अहिले कोभिड १९ को नियन्त्रणका विभिन्न प्रयास गरेकोले निर्माणका कार्यका सुस्त गतिमा भएका छन् । मंसिर पछि भने विकास निर्माणका कार्यले तिव्रता पाउने उनले जनाकारी दिए । उनले नगरपालिकाले हरेक काम ठेकेदार मार्फत उपभोक्ता समितिको संलग्नतामा गर्ने हुनाले कुनै अनियमितता नभएको दावी गरे ।

नगरपालिकाले गतवर्षदेखि पूर्वाधार निर्माणका योजनामा उपभोक्ताको ३५ प्रतिशत लागत सहभागिता अनिवार्य गरेको हो । नगरपालिकाले यस वर्ष भने कोभिड–१९ प्रतिकार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।

यसका लागि सूर्यविनायक नगर अस्पताल, वडास्थित नगर स्वास्थ्य संस्थाहरु पूर्ण क्षमतामा सञ्चालन गर्दै कोभिड–१९ रोकथाम तथा उपचारका लागि नगरका सबै स्वास्थ्य संस्थामा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरी सेवा दिने, सुविधायुक्त आइसोलेशन कक्षको स्थापना गर्ने भएको छ ।

त्यस्तै होम क्वारेन्टिनमा रहेकादेखि घरमै व्यवस्थित आइसोलेशनमा रहेका सङ्क्रमितलाई विश्व स्वास्थ्य सङ्गठन र सरकारको मापदण्ड एवम् सुरक्षा विधिका लागि होम आइसोलेशन रुम व्यवस्थापन मापदण्ड जारी गर्दै स्वास्थ्य अवस्था सामान्य देखिएका नागरिकको नियमित स्वास्थ्य जाँच, परीक्षण र औषधि उपचारका लागि नगरपालिकाबाट विशेष स्वास्थ्य घुम्ती टोली टोल बस्तीमा नै खटाउने नीति लिएको छ ।

त्यस्तै कृषि उत्पादनलाई आधुनिकीकरण गर्न उन्नत जातको बीउ बिजन, कृषि औजार र सामग्रीहरु कृषक तथा कृषक समूहलाई लागत साझेदारीमा वितरण गर्न, उन्नत पशु स्वास्थ्य सेवा निःशुल्क तथा लागत साझेदारीमा सेवा दिई दुग्ध र मासु उत्पादनमा थप लगानी, पशु बीमालाई प्रोत्साहन गरिने भएको छ ।

नगर क्षेत्रमा उत्पादित जमीन बाँझो राखेमा जग्गाधनीलाई जरिवाना गरिनेछ । नगरको उत्पादन नगर क्षेत्रमै उपभोग गर्ने नीतिको कार्यान्वयनका लागि वडास्तरमा हाटबजारको व्यवस्था गरिने र उत्कृष्ट १० स्थानीय कृषक वा कृषक समूहलाई पुरस्कृत गरिनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi