neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ४३६ पुग्यो

कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु ,मृत्यु हुनेको सङ्ख्या ४३६ पुग्यो

Sep 23rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ७ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा १ महिला र ६ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौंकि ६८ वर्षिया महिला र पुरूषमा काठमाडौंका १६ वर्षिय पुरूष, झापाका ८६ वर्षिय पुरूष ,सिरहाका ५० वर्षिय पुरूष ,ललितपुरका ७४ वर्षिय पुरूष र बर्दियाका ६४ र ३९ वर्षिय दुई पुरूष रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४३६ पुगेको छ । यसअघि मंगलबार कोरोना भाइरसका कारण २ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi