neapl investment mega bank aadharbhumi aadharbhumi

काठमाडौं उपत्यकामा ६३७ संक्रमित थपिए

Sep 23rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ७ असोज

काठमाडौंमा थप ६४७ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ६३७ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ४९२,ललितपुरमा ५० र भक्तपुरमा ९५ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि मंगलबार उपत्यकामा ६४७ सङ्क्रमित थपिएका थिए।

नेपालमा बुधबार थप ११७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ६७ हजार८०४ पुगेको छ । पछिल्लो २४ घण्टामा १८९३ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ४९ हजार ९५४ पुगेको छ ।
हालसम्म ९ लाख ४४ हजार ४७४ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi