neapl investment mega bank
  • गृहपृष्ठ
  • सेनाद्धारा पहिरोबाट बालिनालीमा क्षति पुगेका स्थानियहरुलाई क्षतिपूर्ति वितरण

सेनाद्धारा पहिरोबाट बालिनालीमा क्षति पुगेका स्थानियहरुलाई क्षतिपूर्ति वितरण

Sep 23rd, 2020

काठमाडौ, असोज ७

नेपाली सेनाले पहिरोबाट बालिनालीमा क्षति पुगेका स्थानियहरुलाई क्षतिपूर्ति वितरण गरेको छ ।

सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई र मधेश द्रुतमार्ग अन्तरगत मकवानपुरको बकैया गाउँपालिका छ खण्डमा वर्षा र निर्माण कार्यको प्रभावको कारण यही साउन सात गते आएको पहिरोबाट स्थानीय २३ जनाको बालिनालीमा क्षति पुग्न गएकोले सम्बन्धित वडा कार्यालयबाट प्राप्त सिफारीसको आधारमा कुल तीन लाख १० हजार सात सय ३७ रुपैयाँ सम्बन्धीतहरुको व्यक्तिगत खातामा जम्मा हुने गरी क्षतिपूर्ती रकम वितरण गरिएको सेनाले जनाएको छ ।