काठमाडौ, असोज ७
नेपाल वायुसेवा निगमले आन्तरिक उडान अन्र्तगत नौ ठाउँमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको छ । नियमित उडान सेवा थालिएका गन्तव्यमा भोजपुर, दाङ्ग, ताप्लेजुङ्ग, खानीडाँडा, रुकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु रहेको निगमले जानकारी दिएको छ ।
त्यसमध्ये काठमाडौंबाट सोझै उडानका साथै रुकुम–नेपालगंज, नेपालगंंज–जुम्ला, जुम्ला–नेपालगंज, नेपालगंज–रुकुम, नेपालगंज–बाजुरा र बाजुरा–नेपालगंजका लागि पनि उडान निर्धारण गरिएको निगमले जनाएको छ ।
यात्रुको चाप र मागलाई ध्यानमा राखी कतै हप्ताको तीन दिन, कतै हप्ताको दुुई दिन र कतै दुुई दिन उडान तालिका निर्धारण गरिएको र उडानका लागि सरकारद्वारा निर्धारित स्वास्थ्य सम्वन्धी मापदण्डलाई आधार मानिएको जानकारी समेत निगमले दिएको छ ।
नेपाल वायुसेवा निगमको आन्तरिक तर्फको उडान तालिका
सेक्टर | उडान हुने दिन |
काठमाडौं–रुकुम–काठमाडौं रुकुम –नेपालगंज–रुकुम | आईतवार, बिहीबार |
नेपालगंज–जुम्ला–नेपालगंज | आईतवार |
काठमाडौं–भोजपुर–काठमाडौं | सोमबार, मंगलबार, शुक्रबार |
काठमाडौं –दाङ्ग–काठमाडौं | सोमबार, बुधबार, शुक्रबार |
काठमाडौं–फाप्लु–काठमाडौं | आईतबार, मंगलबार, |
काठमाडौं–थामखर्क–काठमाडौं | बुधबार |
नेपालगंज–बाजुरा–नेपालगंज | बिहीबार |
काठमाडौं–ताप्लेजुङ्ग––काठमाडौं काठमाडौं–खानीडाँडाँ–काठमाडौं | बुधबार, शनिवार |