neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालकै लामो पदमार्ग निर्माण हुँदै (तस्बिर)

नेपालकै लामो पदमार्ग निर्माण हुँदै (तस्बिर)

Sep 23rd, 2020

दार्चुला, ७ असोज

सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् । मकरीगाडदेखि मकरीकोट हुँदै खाती जोड्ने पदमार्ग निर्माण सम्पन्नपछि स्थानीयलगायत पर्यटकलाई आवतजावतमा सहज हुनेछ ।

तस्बिर : नरेन्द्रसिह कार्की/रासस