neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ४१ औं सामाजिक सेवा दिवसको अवसरमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको ऐक्यवद्धता ,उद्यमशीलता निर्माण तथा कोभिड–१९ को प्रभावलाई न्युनिकरणमा प्रतिवद्धता

४१ औं सामाजिक सेवा दिवसको अवसरमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको ऐक्यवद्धता ,उद्यमशीलता निर्माण तथा कोभिड–१९ को प्रभावलाई न्युनिकरणमा प्रतिवद्धता

Sep 23rd, 2020

काठमाडौ, असोज ७

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्को सयुंक्त आयोजना तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ (एआइएन) र गैरसरकारी संस्था महासंघको सहयोगमा राष्ट्रभर ४१ औं सामाजिक सेवा दिवस मानाइएको छ । “सामाजिक क्षेत्रः राष्ट्रको गौरव, आजको प्राथमिकता समृद्धि सुखको लागि सामाजिक रुपान्तरण र उध्यमशीलता” भन्ने नारासहित मनाइएको ४१ औं सामाजिक सेवा दिवस मनाइएको हो ।

दिवस मनाउने क्रममा राष्ट्रिय आवश्यकता र हितका बिषयमा भएका छलफलहरुमा सरकारी र गैरसरकारी संघसंस्था तथा सरोकारवाला निकायका विज्ञ तथाप्रतिनिधिहरु सहभागी भएका थिए । समग्र विकासका लागि सामाजिक उद्यमशीलता, नेपालमा वैदेशिक सहयोगको प्रभावकारिता तथा कोभिड—१९ को महामारीका समयमा सामाजिक क्षेत्रको योगदानसहितको बिषयमा वृहत अन्तक्र्रिया भएका छन् । भर्चुअल माध्यमबाट भएका ती अन्तक्र्रियामा सामाजिक सञ्जालको प्रयोग गरी सहभागी र यसको प्रयोगकर्ताले सक्रिय सहभागिता जनाएका थिए ।

४१ औं सामाजिक सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममाबोल्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवी हटाउने र जनताको मौलिक अधिकारलाई स्थापित गर्न सरकार लागिपरेको बताए । प्रधानमन्त्रीले परोपकारी भावनाबाट अभिप्रेरीत भएर समाजिक बिकासमा आवद्ध हुन सबैलाई आग्रह गरे । सोही अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले देशको विकासमा सामाजिक क्षेत्र एउटा प्रमुख आधारशिला भएको बताए । साथै उनले राज्यको नीतिर सामाजिक क्षेत्रको मूल्य तथा मान्यता अनुरुप अघि बढ्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था र सामाजिक कार्यकर्तालाई आग्रह समेत गरे ।

सो अवसरमा एआइएनका अध्यक्ष अच्युत लुइटेलले समृद्ध मुलुक निर्माणका लागि सरकारका अतिरिक्त राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको भूमिका अपरिहार्य रहने बताँउदै सामाजिक रुपान्तरण र कोभिड–१९ के नियन्त्रणमा सरकारको प्राथमिकता अनुसार स्वास्थ्यसहितका क्षेत्रमा काम गरिरहेके र अन्तराष्ट्रिय गैर सरकारी संस्थाले कम्तिमा २ अरब रुपैंया सहयोग गर्ने निश्चित रहेको बताए ।

यसैगरी, गैरसरकारी संस्था महासंघका अध्यक्ष जितराम लामाले भने, “मुलुकलाई नयाँ ढंगले अघि बढाउन तथा सामाजिक परिवर्तन ल्याउन राष्ट्रिय गैर सरकारी संस्था सरकार, निजी क्षेत्र र अन्तराष्ट्रिय साझेदार संस्थाहरुसँग मिलेर अघि बढ्न तयार छ ।”

aadharbhumi
aadharbhumi
aadharbhumi