neapl investment mega bank aadharbhumi aadharbhumi

एपीएफ टोलीद्वारा गाजाँसहित पक्राउ

Sep 22nd, 2020

झापा, असोज ६

झापा जिल्लाको दमक नगरपालिका २ स्थित बेलडाँगी चोकबाट असोज ५ गते एपीएफ टोलीले करीव छ के.जी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम जिल्लाको माङसेबुङ गाउँपालिका ६ बस्ने ४५ वर्षिय बीरबहादुर राई छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल भुटानी शरणार्थी सुरक्षा वेश बलेडाँगीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित गाँजा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनको साथबाट दुई वटा मोवाईल सेट र ११ हजार ९ सय ६० रुपैयाँ समेत बरामद गरेको छ ।

पक्राउ परेका राईलाई बरामद गाँजा, नगद र मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi