काठमाडौ, असोज ६
सांग्रिला डेभलपमेन्ट बैंकले ललितपुरको धोबिघाटस्थित मुस्कान होम अफ होपलाई २ लाख ५० हजार सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुस्कान होम अफ होपलाई सहयोग गरेको जानकारी दिएको छ ।
आफुहरुले गरेको सहयोगले मुस्कान होम अफ होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने विश्वास लिएको बैंकले जानकारी दिएको छ । बैंकको तर्फबाट नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशीले मुस्कान होमका अध्यक्ष सुमती कर्माचार्यलाई चेक हस्तान्त्तरण गरेका थिए ।