काठमाडौ, असोज ६
महालक्ष्मी विकास बैंकले हाल विश्वमा महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत
पुर्याउने उद्देश्यले ऋणिहरुले असोज मसान्तभित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिसत छुट प्रदान गर्ने निर्णय गरेको छ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दे बैंकले केही कर्जाहरुमा ब्याजदर समेत घटाएको जानकारी दिएको छ ।
बैंकले हाल देशक शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकमा हाल कुल ग्राह संख्या पाँच लाख भन्दा बढी पुगेको जानकारी पनि बैंकले दिएको छ ।