neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मंगलबार काठमाडौं उपत्यकामा ६४७ संक्रमित थपिए

मंगलबार काठमाडौं उपत्यकामा ६४७ संक्रमित थपिए

Sep 22nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ६ असोज

काठमाडौंमा थप ६४७ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ६४७ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ५११,ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि सोमबार उपत्यकामा ६७४ सङ्क्रमित थपिएका थिए।

नेपालमा मंगलबार थप १३५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ६६ हजार ६३२ पुगेको छ । पछिल्लो २४ घण्टामा ८२३ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ४८ हजार ६१ पुगेको छ । हालसम्म ९ लाख ३४ हजार ९७७ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi