neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • राजश्व अनुसन्धान विभागद्धारा नक्कली भ्याटबिलका दुई कम्पनी बिरुद्ध ११ करोडको मुद्धा

राजश्व अनुसन्धान विभागद्धारा नक्कली भ्याटबिलका दुई कम्पनी बिरुद्ध ११ करोडको मुद्धा

Sep 22nd, 2020

काठमाडौ, असोज ६

आन्तरिक राजश्व बिभागले नक्कली भ्याटबिल प्रयोग गरेको अभियोगमा दुुई वटा कम्पनीबिरुद्ध ११ करोड रुपैयाँ भन्दा बढीको बिगो सहित मुुद्धा दायर गरेको छ । बिभागका अनुसार झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा दुुई वटा व्यापारिक फर्मविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो ।

चितवनको सन्तोषी निर्माण सेवा प्रा.लि. र ललितपुर महानगरपालिका १३ को स्काइलाइन ट्रेडर्स एन्ड सप्लायर्ससहित अन्य तीन कम्पनीविरूद्ध मुद्दा दायर गरिएको बिभागले जानकारी दिएको छ । ति दुुई वटै कम्पनीबिरुद्ध बिभागले ११ करोड ३१ लाख रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग दाबी गरेको छ ।

बिभागका अनुसार कर छलि गरेको अभियोगमा सन्तोषी निर्माण सेवाका सञ्चालक केशवराज कँडेलसमेत तीन जनालाई छ करोड २२ लाख ७४ हजार दुुई सय २८ रुपैयाँ बिगो माग गरिएको छ । उक्त कम्पनीले वस्तु तथा सेवा खरीद नै नगरी सो कम्पनीले २ करोड तीन लाख १७ हजार एक सय ४५ रुपैयाँ मूल्य अभिवृद्धि कर, तीन करोड ६७ लाख २३ हजार पाँच सय ३६ रुपैयाँ आयकर र लाभांश कर ५२ लाख ३३ हजार पाँच सय ४७ रुपैयाँ छली गरेको गरेको छ ।

यसैगरी ललितपुरको स्काइलाइन ट्रेडर्सका सञ्चालक वीरेन्द्रकुमार चौधरी, यति इन्टरनेशनलकी उषाकुमारी चौधरी र रिवाज इन्टरनेशनल प्रा.लि. का सञ्चालक हर्ष चौधरीविरूद्ध पाँच करोड आठ लाख ९४ हजार दुुई सय १६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । स्काइलाइन, यति र रिवाज कम्पनीले १७ लाख आठ हजार दुुई सय दुई रुपैयाँ मूल्य अभिवृद्धि कर, आयकर तीन करोड २६ लाख ६४ हजार ७७ र लाभांश १२ लाख २१ हजार नौ सय ३७ रुपैयाँ छली गरेको जानकारी बिभागले दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi