neapl investment mega bank
  • गृहपृष्ठ
  • जुम्लामा आठ दिनदेखि अनसनरत डा.केसीलाई काठमाडौँ पठाइयो

जुम्लामा आठ दिनदेखि अनसनरत डा.केसीलाई काठमाडौँ पठाइयो

Sep 21st, 2020

कर्णाली ५, असोज /रासस

जुम्लामा आठ दिनदेखि अनसनरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा केसीलाई आज समिट एयरबाट जुम्लादेखि काठमाडौँ पठाइएको प्रतिष्ठान अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिनुभयो । “डा.केसी आफै काठमाडौँ जान मञ्जुर भएपछि हामीले पठाएका हौँ”, उहाँले भन्नुभयो, “उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रतिष्ठानका डा प्रविणलाई साथमा पठाएका छौँ ।”

पन्ध्रौ सत्याग्रह जुम्ला बस्नुभएका डा केसी उन्नाईसौ सत्याग्रह पुनः जुम्लामै गर्नुभएको थियो । डा।केसीले भने दुई वर्षअघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौँ जाने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । काठमाडौं पुगेपछि भने सत्याग्रह जारी राख्ने उहाँले बताउनुभयो ।