neapl investment mega bank
  • गृहपृष्ठ
  • हावाहुरीको कारण फेवातालको बीच भागमा अलपत्र परेका दुई जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वार

हावाहुरीको कारण फेवातालको बीच भागमा अलपत्र परेका दुई जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वार

Sep 21st, 2020

कास्की, असोज ५

कास्की जिल्लाको पोखरा महानगरपालिका ६ स्थित फेवातालको बीच भागमा हावाहुरीको कारण अलपत्र परेका दुई जनाको एपीएफ टोलीले असोज ५ गते सकुशल उद्वार गरेको छ ।

सोही महानगरपालिकाको वडा नं. २२ बस्ने ३० वर्षिय हर्कबहादुर वि.क. र ३५ वर्षिय सुरेन्द्र गुरुङ्ग चढेको डुङ्गा हावाहुरीको कारण उक्त तालको बीच भागमा अलपत्र परेको थियो ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कालिका पोखराबाट फेवाताल रेस्क्यु टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको तत्कालै उद्वार गरेको हो ।