neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

Sep 21st, 2020

भक्तपुर, ५ असोज

मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा सूर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने ३५ वर्षीय पवन बन्जारालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

बन्जाराले मध्यपुर ठिमी नगरपालिका-३ स्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएममा पैसा ननिस्केको भनि लात्तीले हानेको तथा बैंकका गार्ड र प्रहरी समेतलाई गालीगलौज समेत गरेपछि महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi