neapl investment mega bank
  • गृहपृष्ठ
  • डोटीको शिखर नगरपालिकामा नेकपाको भण्डाफोर अभियान शुरु

डोटीको शिखर नगरपालिकामा नेकपाको भण्डाफोर अभियान शुरु

Sep 21st, 2020

डोटी, ५ असोज / रासस

डोटी जिल्लाको शिखर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्ति विरुद्ध एक महिने भण्डाफोर अभियान सञ्चालन गरेको छ । नेकपाको शिखर नगर संगठन कमिटीको बैठकबाट उक्त एक महिने भण्डाफोर अभियानसँगै कार्यक्रमको कार्यतालिका पनि सार्वजनिक गरेको छ । विशेषतः कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका समयमा रोग नियन्त्रण तथा व्यवस्थापनका नाममा शिखर नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै उक्त अभियान चलाएको बताइएको छ । तस्वीर : बिमल बहादुर बिष्ट,