काठमाडौ, असोज ३
अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ १७ प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जाल पेज पोष्ट मार्फत नयाँ उत्पादन सार्वजनिक हुने तयारीमा रहेको जानकारी विस्तारै दिन थालेको हो ।
ओपोका ब्राण्ड फ्रेन्ड नायिका स्वस्तिमा खड्का, नेपाली चलचित्र उद्योगका लोकप्रिय ताराहरु अनुपविक्रम शाही, अलिशा राई तथा फोटोग्राफर, चलचित्र निर्माता सन्जोग राई लगायतका सामाजिक सञ्जाल पेजमा समेत फोन सम्बन्धि टिजर पोष्टहरु देखापर्न थालेका छन् ।
ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोक प्रियसिरिजकारुपमा रहन सफल एफसिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक गरेको थियो । अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ १७ प्रोमार्फत थप अगाडि लैजाने तयारी गरेको छ । फोनमा दिइएको अल्ट्रा स्लिक फेशनेवल डिजाइन तथा अत्याधुनिक प्रविधिका कारण ओपो एफ १७ प्रोले एफसिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ ।
ओपो एफ १७ प्रोले हल्कापन र डिजाइनको परिभाषा मै नयाँ आयाम थप्दै ओपो तथा एफसिरिज अन्तर्गत कै सर्वाधिक फेशनेवल स्मार्ट फोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ । नयाँ उत्पादन सार्वजनिकका लागि ब्यापक प्रचार गर्न थालिएको देखिएता पनि हाल सम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने तत्काल आधिकारिक जानकारी दिएको छैन । तथापी, प्रचार प्रसार नियाल्दा यही महिना भित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ ।
हालसम्म कम्पनीले ओपो एफ १७ प्रोका विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन । तथापी, सदा झैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै आफ्ना फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रबर्तनात्मक प्रविधिहरु पनि नयाँ फोनमा समावेस गरिने आशा हामी सहजै गर्न सक्छौँ । कम्पनीले आउने समयमा आफ्ना सामाजिक सञ्जाल पेज मार्फत फोनका प्रमुख फिचर्सहरु सार्वजनिक गर्दै जाने निश्चित छ ।