आधारभूमि संवाददाता
काठमाडौं, ४ असोजर
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या झण्डै ५४ लाख भन्दा बढी पुगेको छ । स्रोतको अनुसार कुल सङ्क्रमितको संख्या ५४ लाख ६१९ पुगेको हो । ती मध्ये ९२ हजार ६०५ जना पछिल्लो २४ घण्टामा थपिएका छन् ।
कुल सङ्क्रमित मध्ये १० लाख १० हजार ८०२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यस बाहेक ४३ लाख ३ हजार ४३ जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म ८६ हजार ७७४ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । ती मध्ये एक हजार १३३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।