neapl investment mega bank
  • गृहपृष्ठ
  • अमेरिकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६९ लाखभन्दा बढी

अमेरिकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६९ लाखभन्दा बढी

Sep 20th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, ४ असोज

विश्वभर महामारकिो रूपमा फैलिएको कोरोना सङ्क्रमितको सङ्ख्या अमेरिकामा ६९ लाख भन्दा बढी पुगेको छ ।

नेपाली समय आइतबार १२:०० बजे सम्म अमेरिकामा ६९ लाख ६७ हजार ४०३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

चीनको वुहानमा कोभिड–१९ सङ्क्रमण फैलिएको गत वर्षको अन्त्यतिर सार्वजनिक भएको भएपनि अमेरिकामा पहिलो सङ्क्रमित विरामी जनवरी २१ मा भेटिएको थियो । अमेरिकामा सोमबारसम्म २ लाख ३ हजार ८२४ व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । २५ लाख ३९ हजार ८८६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ ।सङ्क्रमितमध्ये हालसम्म ४२ लाख २३ हजार ६९३ व्यक्ति कोरोना मुक्त भएका छन् ।सङ्क्रमितमध्ये १४ हजार ८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अमेरिकापछि बढी सङ्क्रमण भारतमा ५४ लाख भन्दा बढीमा सङ्क्रमण देखिएको छ भने तेस्रो धेरै सङ्क्रमित सङ्ख्या ब्राजिलमा झण्डै ४५ लाख भन्दा बढी सङ्क्रमित भएका छन् ।

स्रोत : वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/