neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४०१ पुग्यो

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४०१ पुग्यो

Sep 19th, 2020

काठमाडौँ, ३ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ७ महिला र ४ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौँकी ७७ वर्षिय महिला,ललितपुरकी ७६६८ वर्षिय दुई महिला ,मोरंगकी ६५ वर्षिय महिला,रौतहटकी ५१ वर्षिय महिला, सर्लाहीकी ५६ वर्षिय महिला ,मकवानपुरकी ३७ वर्षिय महिला , र पुरूषमा ललितपुरका ६० वर्षिय ,काठमाडौँका ७५ वर्षिय,रुपन्देहीका ६९ वर्षिय र बाँकेका ४५ वर्षिय रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४०१ पुगेको छ । यसअघि शुक्रबार कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi