neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जबरजस्ती चन्दा संकलन गरिरहेको अवस्थामा दुई जना पक्राउ

जबरजस्ती चन्दा संकलन गरिरहेको अवस्थामा दुई जना पक्राउ

Sep 18th, 2020

कास्की, २ असोज

पोखरा महानगरपालिका-६ हल्लन चोकबाट जबरजस्ती चन्दा संकलन गरिरहेको अवस्थामा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-७ मोतीडाँडा घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-७ मनमैंजु बस्ने रबिन केसी भन्ने २७ वर्षीय ध्वजबहादुर रावत र रोल्पा गंगादेबी गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-१६ गोंगबु बस्ने २२ वर्षीय रामकुमार डाँगी रहेका छन् ।

उक्त स्थानमा जबरजस्ती चन्दा असुली गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई चन्दा बापत लिएको नगद १ लाख रुपैयाँ, ४ थान मोबाईल, १ थान मोटरसाइकल र चन्दा उठाउन प्रयोग गरिएको १ थान नगदी रसिदसहित फेला पारी पक्राउ गरेको हो । उनीहरुविरुद्ध चन्दा ऐन सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi