neapl investment mega bank
  • गृहपृष्ठ
  • माछापुच्छ्रे बैंक र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट बिच रेमिट्यान्स सम्झौता

माछापुच्छ्रे बैंक र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट बिच रेमिट्यान्स सम्झौता

Sep 18th, 2020

काठमाडौ, असोज ३

माछापुच्छ्रे  बैंक लिमिटेड र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबिच रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहजहोस् भन्ने उद्धेश्यले रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौतापश्चात भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा सहज रुपमा पैसा पठाउन सक्नेछन् । यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे  बैंक लि.का १५९ शाखा कार्यालयहंरु तथा १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टहरु मार्फत प्रापकले सहजरुपमा प्राप्तगर्न सक्नेछन् । ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सहकार्य गरि माछापुच्छ्रे  रेमिट्यान्स मार्फत नेपालमा पैसा पठाउदाँ कमसेवाशुल्कलाग्नेछ ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको
माछापुच्छ्रेले  पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।