neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३ सय ९० पुग्यो

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३ सय ९० पुग्यो

Sep 18th, 2020

काठमाडौँ, २ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौँकी ८५ वर्षिय महिला,ललितपुरकी ६६ वर्षिय महिला र पुरूषमा मोरंगका ६६/६६ वर्षिय दुई, काठमाडौँका ८८ वर्षिय, भक्तपुरका ८२ वर्षिय र नवलपरासीका ३१ वर्षिय रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३ सय ९० पुगेको छ । यसअघि बिहीबार कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi