neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ‘परिवार योजना सेवाको सुनिश्चतता अपरिहार्य’

‘परिवार योजना सेवाको सुनिश्चतता अपरिहार्य’

Sep 18th, 2020

रुपन्देही, २ असोज /रासस

प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले परिवार योजना सेवाको सुनिश्चतता अपरिहार्य रहेको बताउनुभएको छ ।

‘कोभिड–१९ को अवस्था, गुणस्तरीय परिवार योजना सेवाको निरन्तरता’ भन्ने नाराका साथ आज (शुक्रवार) मनाउन लागिएको सातौँ परिवार योजना दिवसका अवसरमा शुभकामना दिँदै उहाँले परिवार योजना सेवालाई आधारभूत अधिकारका रुपमा नेपालको संविधानमा अंगिकार गरिएको स्मरण गर्दै मातृ तथा नवजात शिशु मृत्युदर र रुग्णता घटाइ स्वास्थ्य र दीगो विकासका लक्ष्य प्राप्तिकालागि परिवार योजना सेवाको सुनिश्चतता अपरिहार्य रहेको बताउनुभयो ।

प्रदेशको विशिष्ट जनसांख्यिक संरचनाअनुसार परिवार योजना निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउँदै मन्त्री बरालले शहरी र ग्रामिण जनसंख्या, विविध धार्मिक, साँस्कृतिक समुदायका मूल्य तथा मान्यता र आजको वैज्ञानिक युग तथा योजनामा तादाम्यता मिलाउन सामान्य र विशिष्ट योजनाहरुको आवश्यकता रहेकामा जोड दिनुभयो ।

प्रदेश सरकारले यस विषयलाई आफ्नो पाँच वर्षीय आवधिक योजनामा प्रााथमिकतामा राखी सेवाको पहुँच बढाउन विभिन्न कार्यक्रम गर्दै आइरहेको जानकारी गराउदै उहाँले हाल कोभिड–१९ को यस परिवेशमा पनि सेवाको सुनिश्चिताका लागि स्वास्थ्यकर्मीले सुरक्षात्मक विधि अपनाई निरन्तररुपमा परिवार योजना सेवा दिइरहेका उल्लेख गर्नुभयो । मन्त्री बरालले सेवा प्रदायक तथा सेवाग्राही दुवैलाई यस सेवाको निरन्तरता र उपयोगको सुनिश्चिताका लागि आब्हानसमेत गर्नुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi