neapl investment mega bank

५ सय ९० जनाले पाउने भए विभूषण

Sep 17th, 2020

आधारभूमि संवाददाता

काठमाडौं ,१ असोज

संविधान दिवसकोे अवसरमा ५ सय ९० जनाले विभुषण पाउने भएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले ५ सय ९० जनालाई विभूषण वितरण गर्नका लागि विभिन्न तहका सिफारिस गरेको हो ।

बैठकले संविधान दिवसका दिन सो विभुषण प्रदान गर्न सिफारिस गरेको हो । सरकारले सिफारिस गरेका विभुषण असोज ३ गते राष्ट्रपतिले वितरण गर्ने कार्यक्रम रहेको छ ।

आजको बैठकमा विभुषण सिफारिसको मात्र निर्णय भएको र अन्य महत्वपूर्ण कुनै निर्णय नभएको वताइएको छ ।