neapl investment mega bank
  • गृहपृष्ठ
  • हुन्डाई ग्राण्ड आई टेन नियोस अब नेपालमा,यस्तो छ बिशेषता

हुन्डाई ग्राण्ड आई टेन नियोस अब नेपालमा,यस्तो छ बिशेषता

Sep 17th, 2020

काठमाडौ, असोज १

नेपालको लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ उत्पादन हुन्डाई ग्राण्ड आई टेन नियोसलाई डिजिटल समारोहद्धारा सार्वजनिक गरेको छ । हुन्डाई ग्रान्ड आई टेन धेरै वर्षदेखि बजारमा सब भन्दा मन पर्ने र प्रशंसा गरिएको कार मध्ये एक हो । अब यसको विरासतलाई अगाडि बढाउन, हुन्डार्ईले स्टाइलिश र थप विशेषताहरु भएको ग्रान्ड आई टेननियोस बजारमा ल्याएको छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोस कपा डुुअल भिटी भिटी टेक्नोलोजी मा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलव्ध छ । उत्कृष्ट प्रदर्शनका लागि ८३ पिएस÷६००० आरपिएम सर्वाधिक पावर दुबै म्यानुुअल तथा स्वचालित ट्रन्समिसन विकल्पहरुमा पाउन सकिनेछ । ग्राण्ड आई टेन नियोसले ५ स्पीड म्यानुअल र स्मार्ट अटो एएमटी दुबै किसिमको ट्रान्समीसनमा उपलब्ध रहेको छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोसमा ग्लोसी ब्याल्क रेडिएटर ग्रिली, बुमरंग आकारको एलईडी डीआरएल, स्टाइलिस टेल लैम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ इन्च अलोई व्हील्स पाउन सकिन्छ । सडकमा फरक उपस्थितिको लागि हुन्डाई ग्राण्ड आई टेन नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल जस्ता रंगहरुमा उपलब्ध छ ।

ग्राण्ड आई टेन नियोस यात्राका लागि एक उत्तमसवारी साधन मात्र नभई स्मार्ट साधन पनि हो । एप्पल कार प्ले, एन्ड्रोइड अटो र बेस्ट इन सेगमेन्ट टच स्क्रिन इन्फोटिनमेन्ट सिस्टम (२०.२५ सि.एम.) का साथै रियर एसी भेन्ट जस्ता सुविधाले युक्त ग्राण्ड आई टेन नियोसले आरामदायी यात्रा सुनिश्चित गर्दछ हुन्डाई ग्राण्ड आई टेन नियोसले नेपाली बजारमा आफनो छुटै पहिचान कायम गरि सफलतापूर्वक ग्राहकहरुको मन जित्नेमा कम्पनी विश्वस्त रहेको प्रेस विज्ञाती मार्फत जनाइएको छ । यो गाडीको सुरुवाती मूल्यरु ३० लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विस्वास जित्न सफल भएको छ ।