neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बिहीबार काठमाडौं उपत्यकामा थपिए ६१८ संक्रमित

बिहीबार काठमाडौं उपत्यकामा थपिए ६१८ संक्रमित

Sep 17th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १ असोज

काठमाडौंमा थप ६१८ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ६१८ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ५०७ ,ललितपुरमा ६१ र भक्तपुरमा ५० जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि मंगलबार उपत्यकामा ७३७ बुधवार थपिएका थिए।

नेपालमा बिहीबार थप १२४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ५९ हजार ५३७ पुगेको छ । पछिल्लो २४ घण्टामा १२४३ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ४२ हजार ९४९ पुगेको छ ।
हालसम्म आठ लाख ८२ हजार ९१५ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi