neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • डलर साटिदिने भन्दै नगद ५ लाख रुपैयाँ ठगी

डलर साटिदिने भन्दै नगद ५ लाख रुपैयाँ ठगी

Sep 17th, 2020

भक्तपुर, १ असोज

मध्यपुर ठिमी नगरपालिका-२ मनहरा दिब्यश्वरी प्लानिङबाट काठमाडौं तार्केश्वर नगरपालिका-७ फुटुङ बस्ने २८ वर्षीय पुरुषको ५ लाख रुपैयाँ बुधबार दिउँसो ठगी भएको छ ।

ती पुरुषलाई सोमबारदेखि हामी चिनजानको साथी हौं भन्दै अपरिचितले फोन गरेर डलर साट्न बोलाई उक्त रकम लिई कपडाको टुक्रामा सेतो धर्के कागज पोको पारी दिएर ३ जना अपरिचित व्यक्तिहरु फरार भएको बताइएको छ । फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi