neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ६ महिनापछि आजबाट लामो दुरीको यातायात सञ्चालन

६ महिनापछि आजबाट लामो दुरीको यातायात सञ्चालन

Sep 17th, 2020

आधारभूमि संवाददाता
काठमाडौँ, असोज १

६ महिनापछि आजबाट लामो दूरीको यातायातका साधन सञ्चालनमा आउने भएका छन् ।

चीनको वुहानमा कोभिड–१९ सङ्क्रमण फैलिएको गत वर्षको अन्त्यतिर सार्वजनिक भएको भएपनि नेपालमा पहिलो सङ्क्रमित विरामी चैतमा भेटिएको थियो । गत चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेयता लामो दूरीको यातायातका साधन बन्द गरेको थियो ।

बुधबार नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने जानकारी दिएका हुन् । मन्त्रिपरिषद्ले १ असोजदेखि लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै यातायात व्यवसायी र मजदुरहरू बिहीबारबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्न तयार भएका हुन् ।

सवारी साधनमा यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ, बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ । सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ। यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने ढोका र गाडीभित्र अनिवार्य स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ।

aadharbhumi
aadharbhumi
aadharbhumi