neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पेट्रोलियम पदार्थमा मिसावट गरेको अभियोगमा दुई जना ट्याङ्कर चालक पक्राउ

पेट्रोलियम पदार्थमा मिसावट गरेको अभियोगमा दुई जना ट्याङ्कर चालक पक्राउ

Sep 16th, 2020

बारा, ३१ भदौ

पेट्रोलियम पदार्थमा मिसावट गरेको अभियोगमा २ जना ट्याङ्कर चालकलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ना.७ ख ३९२३ नम्बरको ट्याङकरका चालक जितपुरसिमरा उपमहानगरपालिका-२१ बस्ने २६ वर्षीय राजेश विश्‍कर्मा र ना.७ ख ४०९३ नम्बरको ट्याङ्करका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ नवलपुर बस्ने २९ वर्षीय सन्तोष खड्काल रहेका छ्न् ।

अमलेखगंज डिपोमा निगमको करारनामामा रहेका उक्त ट्याङकरमा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी आउने क्रममा उनीहरुले पेट्रोलियम पदार्थ पेट्रोलमा मिसावट गरी २ नम्बर प्रादेशिक कार्यालय अमलेखगंजमा खाली गर्नु पूर्व जाँच गर्दा मिसावट रहेको पाइएपश्चात उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर कालो बजार तथा अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi