neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल प्रहरीमा रिक्त विभिन्न पदका परीक्षा तालिका प्रकाशन

नेपाल प्रहरीमा रिक्त विभिन्न पदका परीक्षा तालिका प्रकाशन

Sep 16th, 2020

काठमाडौं, ३१ भदौ

नेपाल प्रहरीमा रिक्त विभिन्न पद खुल्ला प्रतियोगिताद्वारा समावेसी प्रावधान बमोजिम पूर्तिका लागि प्रहरी प्रधान कार्यालयबाट २०७६ भदौ ६ र माघ १ गते प्रकाशित विज्ञापन अनुसार संचालन गरिने परीक्षाको तालिका पुनस् प्रकाशन गरिएको छ ।

विज्ञापन अनुसारका जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उप(समूह तर्फको प्रहरी जवान पदहरुका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती र जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदको अन्तर्वार्ता परीक्षा तालिका कोरोना भाइरसका कारण स्थगन भएकोमा पुनस् प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालय भर्ना छनौट महाशाखाले बुधबार जनाएको छ ।

उक्त परीक्षा तालिका सम्बन्धी विस्तृत विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।