neapl investment mega bank aadharbhumi aadharbhumi

काठमाडौं उपत्यकामा थपिए ७३७ संक्रमित

Sep 16th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ३१ भदौ

काठमाडौंमा थप ७३७ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ७३७ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ६५२,ललितपुरमा ६० र भक्तपुरमा २५जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि मंगलबार उपत्यकामा ६७६ सङ्क्रमित थपिएका थिए।

नेपालमा बुधवार थप १५३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ५८ हजार ३२७  पुगेको छ । पछिल्लो २४ घण्टामा १०६८  जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ४१ हजार ७०६ पुगेको छ । हालसम्म आठ लाख ७२ हजार २७४ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi