neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • दुर्लभ वन्यजन्तु सालक सहित पाँच जना पक्राउ

दुर्लभ वन्यजन्तु सालक सहित पाँच जना पक्राउ

Sep 16th, 2020

रुपन्देही, भदौ ३१

बुटवल उपमहानरगपालिका ५ नेपालगंज रोडस्थित ग्राण्डी होटल अगाडिको बाटोबाट १ थान दुर्लभ वन्यजन्तु जिउदो सालक सहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिरहा, सिरहा नगरपालिका ७ बस्ने ३६ वर्षीय मनोज कुमार कर्ण, सिन्धुली तिनपाटन गाउँपालिका ३ बस्ने ३२ वर्षीय लोक बहादुर तामाङ, सोही ठाउँ बस्ने ६० वर्षीय लाल बहादुर तामाङ, सर्लाही हरीओम गाउँपालिका १० बस्ने ६६ वर्षीय सूर्य लामा र उदयपुर गाईघाट नगरपालिका १ बस्ने ३५ वर्षीया नेत्रमाया राना रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त सालक सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi