neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बेरोजगार बनाएको भन्दै घरेलुका कर्मचारी आन्दोलित

बेरोजगार बनाएको भन्दै घरेलुका कर्मचारी आन्दोलित

Sep 16th, 2020

काठमाडौ, भदौ ३१

सरकारले बेरोजगारलाई रोजगार दिने घोषणा सहित बजेट तथा कार्यक्रम सार्वजनिक गरिरहेकै अवस्थामा लघु घरेलु साना उद्योग प्रवद्र्धन केन्द्र त्रिपुरेश्वरका अस्थायी तथा करारका कर्मचारीहरु करार अवधी नथपि उल्टै बेरोजगार बनएकोभन्दै विरोधमा उत्रिएका छन् ।

केन्द्रले २०७७ भदौ ३ गतेको मन्त्रीस्तरिय निर्णय भन्दै करार र अस्थायी सेवामा रहेका प्रशिक्षक, सवारीचालकलगायत प्राविधिकहरुको समेत करार नथपिएको्रमा केन्द्रमा कार्यरत ३८ जना कर्मचारीले कार्यालयमा धर्ना थालेका हुन् ।

श्रम ऐन विपरीत २० औँ वर्षदेखि करार र अस्थायी सेवामा रहेका कर्मचारीलाई कोरोना महामारी र महान चाड दशैंको मुखमा बेरोजगार बनाउनु न्याय सङ्गत नभएको भन्दै केन्द्रमा प्रशिक्षकका रुपमा कार्यरत कविता प्रधानको नेतृत्वमा कर्मचारीले आन्दोलन थालेका छन् ।

करार तथा अस्थायी कर्मचारीको पुनवर्हाली हुुनुपर्ने मागसहित सङ्घर्षरत समितिका संयोजक प्रधानले श्रम ऐन विपरीत हामीलाई वेरोजगार बनाइएको छ, हामी जस्तै करार अस्थायी रुपमा काम गरिरहेका अन्य मन्त्रालय, संस्थामा काम गरिरहेकाको करार अवधि थप भएको छ, तर उद्योग मन्त्रालय अन्तरगत र हाम्रो करार अवधि थप नभएकोले आन्दोलन गर्नुपरेको उहाँले बताउनुभयो ।
लघु घरेलु साना उद्योग प्रवद्र्धन केन्द्रका प्रमुख पुष्पराज शाहीले यस केन्द्रबाट प्रदान गर्दै आएको तालिम धेरै जसो स्थानिय तहमा स्थानन्तरण भएका छन् , त्यसकारण केन्द्रमा जनशक्तिको कटौती गर्ने संसदीय निर्णय अनुसार नै करार र अस्थायी कर्मचारीको समय थप नभएको हो भन्नुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi