neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं तराई र मधेश द्रुत मार्ग निर्माणको विविध पक्षले गति लिन शुरु- नेपाली सेना

काठमाडौं तराई र मधेश द्रुत मार्ग निर्माणको विविध पक्षले गति लिन शुरु- नेपाली सेना

Sep 15th, 2020

काठमाडौ, भदौ ३०

नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई र मधेश द्रुतमार्ग आयोजनाको निर्माणाधिन सडकका विविध पक्षहरुले गति लिन शुरु गरेको जनाएको छ । सेनाले बिज्ञप्ती जारी गर्दे आयोजनालाई पूर्ण पारदर्शी, नियमसङ्गत र गुणस्तरीय रुपमा समय सीमाभित्र सम्पन्ना गर्ने लक्ष्य सहित निर्माण कार्यलाई नेपाली सेनाले तिव्रता दिएको जानकारी दिएको हो ।

सेनाले बिज्ञप्ती जारी गर्दे भदौ ३० गतेको प्रगती बिवरण सार्वजनिक गरेको छ । बिवरण अनुसार परामर्शदाताहरुबाट भएका कामहरु छनौट भएको अन्तर्राष्ट्रिय परामर्शदाताको टिम लिडर नेपाल आई लोकल एसोसिएट्सका विषय विज्ञहरु समेतको टोलीद्वारा आयोजनाको फिल्ड सर्भेको काम सुचारु गरिएको जसमा कोरियाबाट चिफ कोअर्डिनेटर र चिफ सर्भेएर एक र एक जना आई कार्य प्रारम्भ गरेको । तथापि हालको विश्व महामारी (कोभिड-१९) का कारण पुरै टिम मोबिलाईजेनसमा बाधा परेको सेनाले जनाएको छ ।

यसैगरी सुरुङ्ग निर्माण सम्बन्धी प्राविधिक सर्भे तथा गतिविधीहरु अन्र्तगत सुरुङ्ग निर्माण सम्बन्धी जियोफिजिकल सर्भेको कार्य सम्पन्न भई रिर्पोट तयार गर्ने कार्य भइरहेको, जियो टेक्निकल इन्भेष्टीगेसन अन्तर्गत महादेवटार, धेद्रे र लेनडांडा मा आवश्यक बोर होल्स ड्रिलिङ गर्ने कार्य भइरहेको र ड्रिलिङ कार्य सम्पन्न भएका स्याम्पलहरुको टेस्ट गर्ने कार्य समेत शुरु गरिएको सेनाले जनाएको छ । पहुंच मार्ग तथा बेलिब्रिज निर्माण सम्बन्धी कार्य अगाडि बढाइएको, सुरुङ्ग मार्ग निर्माण कार्यको लागि सक्षम अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट गर्न प्रिक्वालिफिकेसन आह्वान गरिएकोमा आज भदौ ३० गते प्रि बिड मिटिङ सम्पनन गरेको जानकारी पनि सेनाले दिएको छ । यि बाहेक आयोजना संग सम्वन्धीत अन्य कार्यहरु पनि पुरा गरेको सेनाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi