neapl investment mega bank aadharbhumi aadharbhumi

काठमाडौं उपत्यकामा थपिए ६७६ संक्रमित

Sep 15th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ३० भदौ

काठमाडौंमा थप ६७६ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ६७६ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ५५५ ,ललितपुरमा ३५ र भक्तपुरमा ८६ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि सोमबार उपत्यकामा ५१२ सङ्क्रमित थपिएका थिए।

नेपालमा मंगलबार थप १४५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ५६ हजार ७८८ पुगेको छ । पछिल्लो २४ घण्टामा १०६२ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ४० हजार ६३८ पुगेको छ ।
हालसम्म आठ लाख ६१ हजार ७८० जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi