काठमाडौ, भदौ ३०
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मतभेद र चित्त नबुुझेका कुरा सहमतीबाट टुुग्यांउन आग्रह गरेकाछन । आफ्नो आधिकारिक ट्वीटर मार्फत थापाले भनेकाछन, धर्म र संस्कृति बिरुद्धको आक्रमण, ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी सम्वृद्ध नेपाल बनाउन देशले वैकल्पिक बिचार बोकेको शक्ति खोजेको छ । यही आवश्यकता पुरा गर्न राप्रपाको एकता भएको हो, उनले भनेकाछन ।
मतभेद र चित्त नबुझेका कुरा सहमतिबाट टुंग्याउन सकिन्छ, सार्वजनिक बहसको बिषय नबनाउँ उनले भनेकाछन ।