neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर महालक्ष्मी नगरपालिकाको अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा आगामी असोज ४ गतेसम्म बन्द

ललितपुर महालक्ष्मी नगरपालिकाको अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा आगामी असोज ४ गतेसम्म बन्द

Sep 15th, 2020

आधारभूमि संवाददाता
काठमाडौं, भदौ ३०

महालक्ष्मी नगरपालिकाको अत्यावशेक बाहेकका सम्पुर्ण सेवा आगामी असोज ४ गतेसम्म बन्द गरेको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा कोभिड–१९ सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएकाले नगरवासीहरुको स्वास्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै नगरकार्यपालिकाको कार्यालयबाट प्रदान गरिने अत्यावशेक बाहेकका सम्पुर्ण सेवाहरु मिति २०७७/०६/०४ गतेसम्मका लागि बन्द गरिएको प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले जानकारी दिए ।