neapl investment mega bank
  • गृहपृष्ठ
  • अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या झन्डै २ लाख

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या झन्डै २ लाख

Sep 15th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, भदौ ३०

अमेरिकामा कोरोना भाइरस सङ्क्रमणको कारण झन्डै २ लाख व्यक्तिको मृत्यु भएको छ ।

नेपाली समय मंगलबार बिहान ११:०० बजे सम्म अमेरिकामा १ लाख ९९ हजार जना व्यक्तिको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ ।

विश्वभर महामारकिो रूपमा फैलिएको कोरोना सङ्क्रमितको सङ्ख्या अमेरिकामा ६७ लाख ४९ हजार भन्दा बढी पुगेको छ ।

चीनको वुहानमा कोभिड–१९ सङ्क्रमण फैलिएको गत वर्षको अन्त्यतिर सार्वजनिक भएको भएपनि अमेरिकामा पहिलो सङ्क्रमित विरामी जनवरी २१ मा भेटिएको थियो । सङ्क्रमितमध्ये हालसम्म ४० लाख २७ हजार ८२६ व्यक्ति कोरोना मुक्त भएका छन् ।सङ्क्रमितमध्ये १४ हजार १०४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अमेरिकापछि बढी सङ्क्रमण भारतमा ४९ लाख भन्दा बढीमा सङ्क्रमण देखिएको छ भने तेस्रो धेरै सङ्क्रमित सङ्ख्या ब्राजिलमा झण्डै ४३ लाख भन्दा बढी सङ्क्रमित भएका छन् ।

स्रोत : वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/