neapl investment mega bank aadharbhumi
  • गृहपृष्ठ
  • सोमबार काठमाडौं उपत्यकामा थपिए ५१२ संक्रमित

सोमबार काठमाडौं उपत्यकामा थपिए ५१२ संक्रमित

Sep 14th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २९ भदौ

काठमाडौंमा थप ५१२ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ५१२ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंमा ४ सय ४० ,ललितपुरमा २९ र भक्तपुरमा ४३  जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । यसअघि आइतबार उपत्यकामा ५९७ सङ्क्रमित थपिएका थिए।

नेपालमा सोमबार थप ११७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको छ । पछिल्लो २४ घण्टामा ८७९ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ३९ हजार ५७६  पुगेको छ ।हालसम्म आठ लाख ८१ हजार ४०५ जनाको पीसीआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi