काठमाडौं, भदौ २९
आधारभूमि संवाददाता
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ९२ लाख नाघेको छ ।
नेपाली समय सोमबार दिउँसो ४:०० बजे सम्म विश्वभरीमा दुई करोड ९२ लाख ६ हजार ६६९ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म दुई करोड १ लाख ४१ हजार ८४० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ७२ लाख ३५ हजार ९९९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६० हजार ५२६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ९ लाख २८ हजार ८३० व्यक्तिको मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ६७ लाख ८ हजार ४५८ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ९८ हजार ५२० पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ४८ लाख ४६ हजार ४२७ जना सङ्क्रमित भएका छन् भने ७९ हजार ७५४ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ४३ लाख ३० हजार ४५५ जना सङ्क्रमित भएका छन् भने एक लाख ३१ हजार ६६३ जनाको मृत्यु भएको छ ।
स्रोत : वर्ल्डोमीटर