neapl investment mega bank aadharbhumi

विभिन्न हातहतियार सहित दुई जना पक्राउ

Sep 14th, 2020

स्याङजा, २९ भदौ

पुतलीबजार नगरपालिका-७ ठुलाडिही मोहरिया छापडाँडा बस्ने भिम बहादुर ठकुरीलाई विभिन्न हातहतियार सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट १ थान एकनाले भरुवा बन्दुक, १ थान एकनाले बाह्रबोर बन्दुक, सो को २ थान टोटा, २ थान फलामको खाली टोटा, १ थान बारुद छर्रा भरेको टोटा, ८ सय ८० ग्राम बारुद, ३३ थान फलामको छर्रा (वेरिङ) ठूलो, ६५ थान फलामको छर्रा (वेरिङ) सानो, ६८ थान केप, १ थान ग्रिस डिव्वा र १ थान फलामको पाता प्रहरीले बरामद गरेको छ । ठकुरीको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त हातहतियार फेला पारेको हो ।

यसैगरी स्याङजा, पुतलीबजार नगरपालिका-७ मोहरिया बस्ने ओम बहादुर हमाललाई १ थान लोड गरी राखेको एकनाले भरुवा बन्दुक, १ थान खाली एकनाले भरुवा बन्दुक, ८ सय ८० ग्राम बारुद, ४८ थान पाते पट्का जस्तो देखिने बस्तु, ८० थान केप र १२ थान छर्रासहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हमालको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो ।

दुवै जनालाई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्धामा जिल्ला अदालत स्याङजाबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi